site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
झन्डै तीन अर्ब अनुदान घट्दा बजेटको आकार खुम्चिने निश्चित
Sarbottam CementSarbottam Cement

पोखरा । संघीय सरकारले सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्यायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको छ ।

राजस्व संकलनमा आएको कमीका कारण चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार झन्डै ४२ अर्बले सानो छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको थियो । संघले नै बजेटको आकार घटाएर ल्याउँदा त्यसको मारमा प्रदेशहरू पनि पर्ने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नै आन्तरिक श्रोतको आकार पाँच अर्ब ९ करोड अनुमान गरेको गण्डकीले पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार वैशाख मसान्तसम्ममा प्रदेशले आन्तरिकबाट जम्मा दुई अर्ब ६२ करोड ८१ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

संकलित राजस्वको प्रतिशत अनुमानित राजस्वको जम्मा ५१.६३ प्रतिशत हुन आउँछ ।

Global Ime bank

संघीय सरकारले नै अपेक्षित राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा प्रदेश सरकारले संकलन गर्ने राजस्वमा पनि कमी आउने देखिएको छ । जसको प्रत्यक्ष असर प्रदेशको असार १ गते आउने बजेटमा देखिने स्पष्ट छ ।

चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाख ल्याएको गण्डकीलाई संघले आगामी आर्थिक वर्षमा दिने अनुदानमा पनि व्यापक कटौती गरेको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत चालु आर्थिक वर्षमा गण्डकी सरकारले संघबाट १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ पाएको थियो ।

तर, आगामी आर्थिक वर्षमा आउने यो अनुदान झन्डै तीन अर्बले घटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बाँडफाँट गर्ने प्राकृतिक स्रोतको राजस्व अनुदान टुंगो नलागेतापनि यो अनुदानको मात्रा पनि घट्ने निश्चित देखिएको हो ।

चालु आर्थिक वर्षमा गण्डकीले संघबाट वित्तीय समानीकरण अनुदान सात अर्ब ९२ करोड ७९ लाख, ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड प्राप्त गरेको थियो । तर, आगामी वर्षमा भने अनुदानको अंक घट्ने भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत गण्डकीले आगामी आर्थिक वर्षमा चार अनुदान शिर्षकमा १३ अर्ब ६० करोड २३ लाख रुपैयाँ प्राप्त गरेको छ । जसमध्ये समानीकरणतर्फ सात अर्ब ६२ करोड २५ लाख रुपैयाँ प्राप्त गरेको छ । ससर्त अनुदानमा पुँजीगततर्फ एक अर्ब ७१ करोड ९३ लाख, पुँजीगततर्फ दुई अर्ब २२ करोड २२ लाख गरी चार अर्ब ४४ करोड १५ लाख प्राप्त गरेको छ ।

गण्डकीले विशेष अनुदान ७० करोड र समपुरकमा ८४ करोड रुपैयाँ प्राप्त गरेको छ । संघबाट विनियोजित रकममध्ये पुँजीगततर्फ चार अर्ब १७ करोड २२ लाख र चालुतर्फ ९ अर्ब ४३ करोड १८ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तुलनामा गण्डकीले दुई अर्ब ९३ करोड ९२ लाख घटी अनुदान पाएको हो । समानीकरण अनुदान चालु वर्षको भन्दा ३० करोड २९ लाख रुपैयाँले कम छ । सबैभन्दा बढी ससर्त अनुदान घटेको छ । ससर्ततर्फको एक अर्ब ४७ करोड रुपैयाँ अनुदान कटौती भएको छ । विशेष अनुदान पनि १६ करोडले घटेको छ ।

संघबाट आएको रकमलाई कार्यान्वयन गर्न नसक्नुको कारण पनि अनुदान घटेको प्रदेशको आर्थिक मामिला मन्त्रालयका एक पदाधिकारी बताउँछन् । यसबाहेक, राजस्व संकलनमा कमी नै मुख्य कारण हो ।

प्रदेशकै हकमा पनि लेखा नियन्त्रण कार्यालयको तथ्यांक हेर्ने हो भने सवारीको हकमा राजस्व संकलनको अवस्था ठिकै भएतापनि मालपोत करको राजस्व संकलन अपेक्षित छैन ।

राजस्व बढाउनकै लागि भनेर संघीय मन्त्रिपरिषद्ले जग्गा कित्ताकाँट फुकुवा गरेको छ । यो निर्णयले गर्दा असारमा भएतापनि केही हदसम्म जग्गाको राजस्व संकलन बढ्ने ती अधिकारीको अपेक्षा छ ।

आन्तरिक राजश्वले लक्ष्य नभेट्टाउँदा र वित्तीय हस्तान्तरण कम हुँदा चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको प्रदेश सरकारमाथि दबाब बढेको छ । सरकारले चालु आर्थिक वर्षमा दुई अर्ब आन्तरिक ऋण उठाउने घोषणा गरे पनि त्यो कार्यान्वयनमा आउन सकेन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC