site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार कारोबार दिनपछि नेप्से बढ्यो, घट्यो रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (जेठ २६) २३.१९ अंकले बढेको छ । नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा बन्द भएको छ ।

यही जेठ २० गतेदेखि बजार लगातार घटिरहेको थियो । चार कारोबार दिनपछि बजार बढेको हो । 

Argakhachi Cement Island Ad

यस दिन कारोबार रकम भने घटेको छ । आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार (जेठ २५) नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, जीवन बिमा र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक ०.२५ प्रतिशतले घटेको छ । जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ । व्यापार समूहको परिसूचक ०.४४ प्रतिशतले घटेको छ ।

१९१ कम्पनीको सेयर मूल्य बढेको छ । ५६ कम्पनीको सेयर मूल्य घटेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।

आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्