site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचान पक्षधरलाई कोसी सरकारले वार्तामा बोलायो, आन्दोलनकारीको सकारात्मक प्रतिक्रिया

विराटनगर । कोसी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि सरकारले वार्ताको आह्वान गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।‌

पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ । 

कोसी प्रदेश खारेज गरी पुनः नामकरणको पक्षमा रहेको संघर्ष समितिका अध्यक्ष डिकेन्द्र सिंह थेगिमले आफूहरू सकारात्मक वार्ताको पक्षमा रहेको बताएका छन् ।

आन्दोलनको घटकमध्येको एक किरात मोर्चाका महासचिव तेन्धङ किरातले पनि वार्ताको पहल हुनु सकारात्मक भएको बताए । उनले भने, "सरकारले औपचारिक पत्राचार गर्नासाथ हामीहरू वार्तामा बस्छौँ ।"

प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन चर्किरहेको अवस्थामा सरकारलाई वार्ता गर्न सत्तापक्ष र विपक्षी दलका सांसदहरूले वार्ता गर्न दबाब दिइरहेका थिए ।

आइतबार प्रदेस सभा सचिवालय नजिकै देवकोटा चौकमा झडप हुँदा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । त्यसक्रममा ८६ जना आन्दोलनकारी पक्राउ परेका थिए । 

फागुन १७ गते प्रदेश सभाबाट कोसी नाम कायम भएसँगै पहिचनावादीले प्रदेशभर आन्दोलन थालेका थिए ।

No description available.

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro