site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको पेसी आगामी हप्ता रहेकाले उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् ।

"सन्दीपको पेसी आगामी हप्ता सरेकाले जान/आउन कठिनाइ हुने हुँदा उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । आगामी हप्ता पनि मुद्दाको पेसी सरे उनको जिम्बाब्वे भ्रमण पनि अनिश्चित बन्ने छ," पाठकले बाह्रखरीसँग भने । 

सन्दीपले पनि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दक्षिण अफ्रिका भ्रमण जाने टिमलाई सुभकामना दिएका छन् । 

"मलाई खेलाडीहरूको क्षमतामा विश्वास छ । तपाईंहरूले क्रिकेटलाई यो स्तरमा ल्याउन आफ्नो क्षमता देखाइरहनु भएको छ । अबको समय आफ्नो क्षमतामा पुनः विश्वास गर्ने बेला भएको छ । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनू । टिमलाई सुभयात्रा," सन्दीपले लेखेका छन् ।

नेपालले दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप छनोटको तयारीका लागि चार अभ्यास खेल खेल्ने तालिका छ । त्यसैका लागि नेपाली टिम आज दक्षिण अफ्रिका प्रस्थान गर्दै छ । तर, सन्दीप टिमसँग जाने छैनन् । नेपाली टिम त्यहीबाट विश्वकप छ्नोटका लागि जिम्बाब्वे प्रस्थान गर्नेछ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम सुनुवाइ सुरु भएन ।

गएको फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro