site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत भ्रमणमा रक्सौल–वीरगन्ज–सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : मन्त्री साउद
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल–भारत जोड्ने रक्सौल–वीरगन्ज–सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गरिने भएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले रक्सौल–वीरगन्ज–सिमरा नाका धेरै व्यस्त हुने भएकाले त्यसको विकल्पका विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिए ।

उनले नेपालगन्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगबनी)लगायत अरू नाका पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि सुरु हुने भारत भ्रमणबाट सकारात्मक उपलब्धि हासिल हुने विश्वास उनले व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणका बारेमा पनि उक्त भ्रमण क्रममा छलफल हुने उनले उल्लेख गरे । उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास समेत व्यक्त गरे ।

विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, प्रसारणलाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसहित बंगलादेशसँग विद्युत् व्यापार गर्ने विषयमा सरकारको जोड रहने उनले बताए ।

Global Ime bank

“कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै व्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यकता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यकता पनि भनिरहेका छौँ । नेपालगन्ज, भैरहवा र विराटनगरलगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्न सकिनेछ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जाने कुरामा हामी जानेछौँ,” उनले भने, “हाम्रोबीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ । सुमधुर सम्बन्ध छ । यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्त्वपूर्ण क्षेत्रलाई समेट्न कोसिस गरिरहेका छौँ । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने कुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग ‘लङ टर्म पावर डिल’ गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्त्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।”

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चारदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मोदीसँग दिव्पक्षीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत अधिकारी सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय