site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीनजनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन अभियुक्तको बयान सुरु भएको छ ।

अदालतका सूचना अधिकारी दीपक दहालका अनुसार मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु भएको हो । यी तीनको बयान छुट्टा-छुट्टै सुरु गरिएको उनले जानकारी दिए ।

यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको हो । त्यस्तै, गत शुक्रबार केशवपरसाद दुलाल र सागर राईको बयान भएको थियो ।

आज तीनजनाको बयान सकिएमा कुल आठको बयान सकिनेछ । पक्राउ परेका अन्य नौ अभियुक्तको बयान पनि यहि हप्ता सकाउने तयारी रहेको दाहालले बताए ।

उनले भने, "यो हप्ता बयान सकिएमा अर्को आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पनि न्यायाधीश न्यौपानेकै इजलासमा हुनेछ ।"

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro