site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाइम्स, जेभियर, गोल्डेनगेट र बूढानीलकण्ठको विजयी सुरुवात
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिशेक सिंहको २४ अंकप्रेरित गोल्डेन गेट कलेजले सोमबार मदन भण्डारी कप बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । गोल्डेन गेटसँगै टाइम्स इन्टरनेसनल क्लब, जेभियर इन्टरनेसनल कलेज र बूढानीलकण्ठ बास्केटबल क्लबले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित बास्केटबल कभर्ड हलमा जारी प्रतियोगितामा अभिशेकले एक्लैले २४ अंक जोडेपछि गोल्डेन गेट कलेजले रोयललाई ७२–६९ को स्कोरमा पराजित गरेको हो । 

गोल्डेनगेट कलेजले अब बूढानीलकण्ठ बास्केटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आजै सम्पन्न अन्तिम खेलमा बूढानीलकण्ठले नखिपोट युथ क्लबलाई ७०–५२ को स्कोरमा हराएको हो । बुढानीलकण्ठको जितमा खेम वाइबा एक्लैले १४ अंक जोडेका थिए । 

Basj1685375990.JPG

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा टाइम्स क्लबले ड्रिम टिमलाई ६७–४५ को स्कोरमा पराजित गरेको छ । टाइम्सका सुरज खड्गी एक्लैले २० अंक जोडेका थिए । 

टाइम्सले अब जेभियर कलेजसँग प्रतिस्पर्धा गर्ने छ । जेभियर कलेलले बज्र कलेजलाई ६८–६३ स्कोरमा पराजित गरेको छ । जेभियरका विक्रम खड्काले सबैभन्दा धेरै २० अंक जोडे । 

प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका छन् । पुरुषतर्फ सुरुमा नकआउट पद्धतिमा प्रतिस्पर्धा हुने छ । नकआउट पद्धतिबाट आगाडि बढेका चार टिम र नकआउट भएका मध्येबाट आयोजकले छनोट गरेको उत्कृष्ट एक टिम गरी पाँच टिमले पुनः राउन्डरोबिन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन् ।

राउन्डरोबिन पद्धतिमा प्रतिस्पर्धा भएपछि शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

पुरुषतर्फ र महिला दुवैर्फको विजेता टिमले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । दोस्रो हुने टिमले ५० हजार रुपौयाँ नगद पुरस्कार जित्ने छ । 

२६ जेठसम्म चल्ने प्रतियोगिताको महिलातर्फ भने राउन्डरोबिन पद्धतिमा प्रतिस्पर्धा हुने छ । राउन्डरोबिन प्रतिस्पर्धापछि शीर्ष दुई टिमल उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro