site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा समेटिएन गौतमबुद्ध क्रिकेट रंगशाला
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा चर्चामा रहेको गौतमबुद्ध क्रिकेट रंगशालालाई समेटिएको छैन । 

धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेर बीचमै अलपत्र छाडेको गौतमबुद्ध रंगशाला निर्माण सम्पन्न गर्नका लागि सरकारले स्वमित्व ग्रहण गर्ने घोषणा गरेको थियो । सरकारले यसै आबका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि गौतमबुद्ध रंगशाला समेटिएको थियो । तर, आज अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा भने यस रंगशालालाई समेटिएको छैन । 

अर्थमन्त्री महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रुपमा विकास गरिने बताएका छन् । उनले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम यसै वर्ष सम्पन्न गरिने बताएका छन् । त्यस्तै उनले मुलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गरिने बताए । 

साथै विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौंको सुवर्णसमशेर क्रिकेट रंगशाला बनाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro