site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खराब ब्याटिङका कारण पहिलो खेलमा मलेसियासँग नेपाल पाँच विकेटले पराजित 

काठमाडौं । खराब ब्याटिङ गरेको नेपालले मलेसियासँगको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पाँच विकेटको हार बेहोरेको छ । सोमबार मलेसियाको बांगीमा भएको खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै समेटिएको थियो । ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

मलेसियाको जितमा वान जुलियाले १३ र ऐना हमिजाह हसिमले १२ रन जोडे । यसबाहेक, ऐना नाज्वाले आठ, कप्तान मास एलिसाले ६ र क्रिस्टिना बारेतले तीन रन बनाए ।

Dabur Nepal
NIC Asia

नेपालका सीता रानामगर र रुविना क्षेत्रीले समान दुई विकेट लिए । कविता कुवरले एक विकेट लिइन् ।

मलेसियाका बलरविरुद्ध निरिह देखिएका नेपालका कुनै पनि ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपाली टिमको खातामा सोनु खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाए । यसबाहेक नेपाली टिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाली टिमको खातामा काजल श्रेष्ठले ६, इन्दु वर्माले तीन र कप्तान रुविना क्षेत्रीले दुई रन जोडे । 

नेपालका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । नेपालले मलेसियाबाट ११ अतिरिक्त रन पाएको थियो । ४१–४ को अवस्थामा रहेको नेपालले त्यसपछि नौ रन जोड्दा बाँकी ६ विकेट गुमायो ।

नेपाललाई सस्तैमा समेट्न मलेसियाकी निक नुर अतिएलाले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी अतिएलाले एक मेडन राख्दै नौ रनमात्र खर्चिइन् । ऐना हमिजाह हसिम, आइसा एलिसा र महिराह इजाती इस्माइलले समान दुई विकेट लिइन् ।

जितसँगै मलेसियाले पाँच खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल भोलि (मंगलबार) हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro