site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट पारित गर्न दिउँसो २ बजेका लागि बोलाइयो मन्त्रिपरिषद् बैठक 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“आजको बैठकमा अन्य एजेन्डा हुँदैन,” ती मन्त्रीले बाह्रखरीसँग भने, “अर्थ मन्त्रालयले तयार पारेको राजस्व र व्ययको अनुमानसहितको विनियोजन विधेयक पारित गर्ने मात्र कार्यसूची मन्त्रिपरिषद्को छ ।”

मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको ती मन्त्रीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu