site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको छ । टीकापुर घटनाका पीडितका तर्फबाट शारदा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिट दर्ता नहुँदै राष्ट्रपतिले अदालतबाट दोषी ठहर भएर जेलमा रहेका चौधरीसहित १९ जनालाई आममाफी दिने निर्णय गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।

उक्त घटनाका दोषीलाई अन्याय हुने गरी मन्त्रिपरिषद्को निर्णय आएको भन्दै उक्त निर्णय र सिफारिस कार्यान्वयन रोक्न रिटमा माग गरिएको छ ।

Global Ime bank

“रेशम चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषद्ले गरेको निर्णय खारेज गरिपाउँ भनि रिट आएको छ । तर, दर्ता भइसकेको छैन,” सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, “हामी अध्ययन गर्दै छौँ ।”

कैलाली घटनामा रेशम चौधरी मुख्य दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । सर्वोच्च अदालतले यही जेठ २ गते तल्ला तहबाट भएको फैसला सदर गरिदिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC