site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्ति–सुरक्षा कायम गर्न सांसद साहले गराए सरकारको ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएका दुई हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले शान्ति–सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराए ।

चट्याङमा परी ज्यान गुमाएकी रौटहटको मौलापुरकी प्रतिमा देवीको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि उनले माग गरे ।

रौतहटमै हावाहुरीका कारण आँप, लिची, मकैलगायत खेती नष्ट भएको उल्लेख गर्दै उनले पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

“एक हप्तायता रौतहटमा लगाएर दुईवटा हत्या भयो । गौर सदरमुकाममै छुरा हानेर हत्या भयो । त्यो पाँच दिन पनि नबित्दै रौतहटकै अर्का झन्डै ७० वर्षीय वृद्धको गोली हानेर हत्या भयो । यसरी एउटा हत्या आतंकले एउटा त्रासको स्थिति सिर्जना भएको छ । म सभामुखमार्फत नेपाल सरकारलाई शान्ति–सुरक्षाको अवस्थाको अवस्थामा सुधार गर्न र अपराधीलाई कानुनको दायरामा ल्याउन म विशेष आग्रह गर्न चाहन्छु,” उनले भने, “केही दिनअगाडि आएको हावाहुरी र चट्याङले मौलापुरमा एकजना प्रतिमा देवीको मृत्यु भयो । उसको श्रीमान् विदेश गएको, बच्चा सानासाना दूध खाने अवस्थाका छन् । त्यो परिवार अहिले अलपत्र छ । सरकारले त्यसको व्यवस्थापन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । र, त्यो हावाहुरीसँगै खास गरेर आँपका खेती गर्ने आँप व्यवसायीहरूलाई ठूलो क्षति भएको छ । आँप, लिची, केरा खेती गर्नेहरूको हालत बेहाल भएको छ । मकै तहसनहस भएका छन् । ती किसानहरूलाई क्षतिपूर्तिको लागि विशेष आग्रह गर्न चाहन्छु ।”

अध्यक्ष साहले खेतीबाली नष्ट भएका किसानलाई क्षतिपूर्ति दिने कार्यमा सरकारले ढिलाइ गर्न नहुने समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro