site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् वाग्मती सरकारका निर्णय 

काठमाडौं । वाग्मती प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ । 

प्रदेश सरकारको आजको बैठकले पाँच वटा प्रहरी इकाई भवनको निर्माणका लागि ६ करोड १५ लाख ५६ हजार अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले स्थानीय विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ ।

जसमा नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कुल एक करोड ९० लाख रुपैयाँ दिइने छ । 

विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ । सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैया दिने निर्णय भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro