site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मान्छेको दिमागमा 'चिप' राखेर परीक्षण गर्न एलन मस्कको न्युरालिंकले पायो अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट स्वीकृति पाएको जनाएको हो ।

मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ ।

कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई उनीहरूको कम्प्युटर र मोबाइल जन्य उपकरणहरू सोचेकै आधारमा चलाउन सक्ने चिप विकास गर्नेतर्फ न्युरालिंकले काम गरिरहेको छ ।

यसअघि, सन् २०२२ को सुरुमा कम्पनीको आवेदन एफडीएले अस्वीकार गरेको थियो ।

गत डिसेम्बरमा एक प्रस्तुतीकरणको क्रममा मस्कले न्यूरालिंकको प्रत्यारोपणको उद्देश्य मानव मस्तिष्कलाई कम्प्युटरसँग सोझै सञ्चार गर्न सक्षम बनाउनु भएको बताएका छन् ।

सम्भावित भविष्यका सुपरइन्टेलिजेन्ट कम्प्युटरको प्रयोग गरी जन्मजात नै केही कुरामा असक्त मानिसहरुलाई मद्दत गर्ने उपकरणको विकासमा न्युरालिंकलगायतका केही अन्य कम्पनीहरुले काम गरिररहेका छन् ।

मस्कले एकपटक आवश्यक भएमा आफ्नै बच्चाको दिमागमा चिप प्रत्यारोपण गर्न तयार भएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro