कला
काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’ सिजन–३ प्रसारण सुरु भएको छ । बिहीबारबाट प्रसारण सुरु भएको हो । केही समय अगाडि ‘सक्किगोनि’को सिजन–२ प्रसारण रोकिएको थियो ।
अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘सक्किगोनि’ सिजन–३ मा अधिकांश पुरानै कलाकार रहेका छन् ।
‘सक्किगोनि’ सिजन–३ को पहिलो श्रृंखलामा अस्पतालहरूले बिरामीलाई कसरी ठगिरहेको हुनसक्छन् भन्ने सन्देश दिन खोजेको छ । ‘कतै अस्पताल नै जेल त भइरहेका छैनन्’ भन्ने प्रश्न गर्दै पहिलो श्रृंखला सकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०६:२४
प्रतिक्रिया दिनुहोस्