site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा चोरीको ३६ केजी चाँदी बरामद, तीनजना पक्राउ 

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।

"घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ," पोखरेलले भने । 

चाँदीका गहना चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र  २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जयकिशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोसी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरिएको डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । 

पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro