site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमीकमजोरी सुधारेर मुलुकको उपलब्धिलाई संस्थागत गर्नुपर्छ : मन्त्री शर्मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन् । 

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलब्धिहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गणतन्त्रमा देखिएको समस्याहरु समाधान हँुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने उनको जिकिर थियो । मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ सालयता भएका त्याग, बलिदान र आन्दोलनलगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन् । 

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ । जसमा नेपालका विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बालगायतका संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर समावेश छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय