site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : भोलिदेखि प्रतिवादीहरूको न्यायाधीशसमक्ष बयान
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदै छ ।

बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा १६ पक्राउ परेका छन् भने १४ फरार छन् ।

KFC Island Ad
NIC Asia

बुधबार दर्ता भएको मुद्दमा शुक्रबारदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

Royal Enfield Island Ad

भोलिदेखि सुरु हुने न्यायाधीशसमक्षको बयानको मान्यता सरकारी वकिलसमक्षको बयानभन्दा बढी मान्यता पाउँछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro