site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फियोरेन्टिनालाई हराउँदै इन्टरले कोपा इटालियाको उपाधि रक्षा गर्दा मार्टिनेजको दुई गोल
Tiktok banner adTiktok banner ad

काठमाडौं । लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।

बुधबार सम्पन्न फाइनलमा अर्जेन्टिनी फरवार्ड मार्टिनेजको दुई गोलप्रेरित इन्टरले फाइनलमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्यो । खेलको सुरुआतमै निकोलस गोन्जाजेजको गोलमा फियोरेन्टिनाले इन्टरमाथि दबाब बनाएको थियो । तर, पहिलो हाफमै दुई गोल फर्काएर इन्टरले अग्रता बनाएको थियो ।

मार्टिनेजले २९औं मिनेटमा गोल गर्दै इन्टरलाई बराबरीमा फर्काएका थिए । त्यसको आठ मिनेटपछि मार्टिनेजकै गोलमा इन्टरले फियोरेन्टिनाविरुद्ध २–१ को अग्रता बनाएको थियो । यही अग्रता खेलको अन्तिमसम्म रहँदा इन्टरले नवौं पटक कोपा इटालियाको उपाधि उचाल्यो । यसअघि २०२१–२२ को सिजन पनि यो उपाधि इन्टरले नै जितेको थियो ।

इन्टरको जितमा दुई गोल गरेका मार्टिनेजले सबैखाले प्रतियोगितामा गरी यो सिजन २७ गोल पुर्याएका छन् । इन्टरमा उनको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले अझै फिफा विश्वकप र कोपा इटालियाको उपाधिसँगै च्याम्पियन्स लिगको उपाधि पनि जित्ने सम्भावना छ ।

१३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको इन्टरले जुन ११ मा इस्तानबुलमा उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

योसँगै इन्टरले रोमासँग नौ पटक उपाधि जितेको रेकर्डसँग बराबरी गरेको छ । यी दुई क्लबभन्दा अघि रहेको युभेन्टसले हालसम्म १४ पटक यो उपाधि जितेको छ ।

अब इन्टरले शनिबार सान सिरोमा हुने एटलान्टाविरुद्ध जित निकाल्न सके इटालियन सिरी ए मा शीर्ष चारमा स्थान सुरक्षित गर्नेछ । सोही दिन फियोरेन्टिनाले रोमालाई आतिथ्यता प्रदान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro