site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगरको धरणीधर सहकारीले पैसा नदिएपछि सामान उठाएर हिँडे बचतकर्ता
बचत फिर्ता लिन विराटनगरको धरणीधर सहकारीमा जम्मा भएका बचतकर्ता । 
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर–९ स्थित धरणीधर बहुमुखी सहकारी संस्थाले आर्थिक समस्याका कारण रकम फिर्ता नगरेपछि बचतकर्ताले सहकारीबाट सामान बोकेर हिँडेका छन् । 

सहकारीमा तीनहजार ५ सयभन्दा धेरै बचतकर्ताको दुई करोड ५० लाख रुपैयाँ बचत छ । तर, सहकारी संकटमा परेसँगै बचत फिर्ता माग्ने बचतकर्ताको भिड हुन थालेको थियो ।

सूचना टाँस गरी कार्यालय बन्द गर्ने र रकम फिर्ता गर्न समय माग्ने गरे पनि बुधबार बचतकर्ताको ठूलो समूहले कार्यालय घेराउ गरी सहकारीका सामान उठाएर हिँडेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूले स्थानीय हाटबजारमा आलुचप र नास्ता बेचेर कमाएको दुई लाख रुपैयाँ जम्मा गरे पनि फिर्ता नपाएको विराटनगर पोखरियाकी पूर्णिमा भुजेलले बताइन् । 

Sahakari 31684924253.jpg

Global Ime bank

“आज फिर्ता दिन्छु, भोलि फिर्ता दिन्छु भन्छन् । तर, कयौँपटक आउँदा पनि रित्तै हात फर्काउने गरेका छन्,” उनले भनिन्, “हामीले थोरै बचाएर गरेको बचत सहकारीले खाइदियो ।”

सहकारीमा बचतकर्ताले घेराउ गर्ने र सरसामान नै लग्न थालेपछि बुधबारदेखि प्रहरी खटिएर सुरक्षा दिन थालेको छ ।

सहकारीका अध्यक्ष रामबहादुर घिमिरेले बचतकर्तालाई क्रमशः रकम फिर्ता दिने तालिका बनाए पनि एकैपटक धेरैजना आउँदा दिन नसकिएको दाबी गरे । उनले बुधबार आएका बचतकर्तालाई रकम फिर्ता नदिने नभनेको तर नियमविपरीत सरसामान लुट्ने शैलीमा लग्नेहरूविरुद्ध कानुनी कारबाहीमा जाने भनेपछि सहकारीमा बचतकर्ताले नाराबाजी गरेका थिए । 

अध्यक्ष घिमिरेले राष्ट्रिय सहकारी बैंकले पैसा रिलिज नदिँदा बचत फिर्ता गर्न समस्या भएको बताए । सहकारीका प्रबन्धक लोचन राईले ३५ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको उनको आरोप छ । 

Sahakari 21684924253.jpg

आक्रोशित बचतकर्ताले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुलहरू लिएर हिँडेका थिए । मोरङको बेलबारी र ग्रामथान गाउँपालिकाको नेताचोकमा समेत कार्यालय रहेको यो सहकारीको सञ्चालक समितिको बैठकले बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको थियो । विराटनगर–१० तीनटोलियाका बचतकर्ता लोकेन्द्र श्रेष्ठले आफूलाई बचत लिन बोलाउने तर फिर्ता नगर्ने गरेको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय