site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत भएको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिइएको जानकारी दिइन् ।

Argakhachi Cement Island Ad

यस्तै, बैठकले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गरेको छ । यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको उनले बताइन् ।

मन्त्री शर्माका अनुसार विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायत स्वीकृति गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, विद्यायलय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको समेत उनले जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्