site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बिसकेक (रासस/सिन्ह्वा) । किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ  । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ । 

मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन नगर्न केन्द्रिय निर्वाचन आयोगले शनिबार उम्मेदवारहरुलाई सतर्क गराएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्वाचनको आचारसंहिता उलंघन नगर्न उम्मेदवारहरुलाई ध्यानाकर्षण गराएको आयोगले प्रचारप्रसार गर्न पुरै निषेध गरेको छ । 

मौन अवधिमा संचार माध्यमहरुले पनि कुनै पक्ष विपक्षमा समाचार संप्रेषण गर्न नपाईने आयोगले जनाएको छ । आयोगले इन्टरनेट मिडियालाई समेत पनि आचारसंहिताको दायरामा राखेको छ ।

Royal Enfield Island Ad

मौन अवधिमा आचारसंहिता उलंघन गरेकाहरुलाई कानून उलंघन गरेसरह कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । 

राष्ट्रपतीय निर्वाचनका लागि निर्वाचन आयोगमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई जनाले उम्मेदवारी स्थगित भएकाले अव चुनावी मैदानमा ११ जना उम्मेदबार रहेका छन् ।     निर्वाचन आयोगले २ हजार ३७५ ठाँउमा मतदान केन्द्रहरु बनाएको छ । ती मध्ये ३७ ओटा समुद्रमाथी रहेका छन् । 

निर्वाचनको पर्यवेक्षणका लागि विभिन्न ५८ ओटा देशका झण्डै आठ सय अन्तर्राष्ट्रिय संघ संस्थाका पर्यवेक्षकहरु खटिने भएको छ । 

किर्गिस्तानको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेछ । वर्तमान राष्ट्रपति अल्माज्बेक अताम्बायेभको कार्यकाल यही आउदो डिसेम्बर १ मा सकिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  ०४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro