
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गरेका छन् ।
वर्तमान सरकारका नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा गरिएका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले सत्ता र प्रतिपक्षमा बसेर साझा नीति तथा कार्यक्रम निर्माण गर्न सफल भएको जिकिर गरे ।
“यो नीति कार्यक्रम तयार पार्दै गर्दा म प्रधानमन्त्री भएपछि दुईवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर हामीले घोषणा गरिएको थियो । त्यसलाई र दोस्रो गठबन्धनले त्यो साझा नीति कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को साझा कार्यक्रम तयार पा¥यो,” उनले भने, “यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको नीति कार्यक्रम बन्न गएको छ ।”
यसमा प्रतिपक्ष दलले विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल आफूले नदेखेको उनले बताए ।
“हिजो सत्तापक्षमा रहेकाको पनि, हिजो प्रतिपक्षमा रहेकाहरूको पनि बुद्धि, विवेक यो नीति कार्यक्रममा परेको छ,” उनले भने ।