site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला भलिबल च्याम्पियनसिप : काजखस्तानको लगातार दोस्रो जित

काठमाडौं । रोमाञ्चक खेलमा श्रीलंकालाई ३–१ ले पराजित गर्दै काजखस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा निक्कै रोमाञ्चक बनेको खेलको पहिलो सेट भने काजखस्तानले २५–१६ ले सहजै जितेको थियो ।

पहिलो सेट सहजै जिते पनि काजखस्तानले दोस्रो सेटमा भने श्रीलंकाको चर्को दबाब बेहोर्नु पर्यो । निक्कै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट काजखस्तानले २८–२६ ले जित्यो । तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको श्रीलंकाले काजखस्तानलाई २५–१८ ले हराउँदै खेलमा फर्किने सम्भावना कायम राखेको थियो ।

प्रतिस्पर्धात्मक बनेको चौथो सेट २९–२७ ले जित्दै काजखस्तानले खेल ३–१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै समूह ‘बी’मा कजाखस्तानले दुई खेलबाट ६ अंक जोडेको छ ।

आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro