site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : भागबण्डा नमिलेपछि अन्योलमा मन्त्रीहरूको शपथग्रहण

जनकपुरधाम । मधेस प्रदेश सरकार विस्तारको लागि मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम राखिएको थियो । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा सरकारमा सहभागी हुने तयारी गरिएको थियो ।

तर, सत्तासाझेदार दलबीच भागबण्डा नमिलेपछि शपथग्रहण अन्योल बनेको छ । यसबीच, आजै दिउँसो ३ बजे कांग्रेसबाट दुई र नेकपा एसबाट एक मन्त्रीले शपथग्रहण गर्ने बताइएको छ ।

लोसपाले मधेसमा दुई मन्त्रालयमा दाबी गर्दै आएको छ । नेकपा (माओवादी केन्द्र)ले पनि थप एक मन्त्रालय माग्दै आएको छ । 

तर, सरकारको नेतृत्व गरिरहेको जसपा यी दुवै पार्टीलाई एक÷एक मन्त्रालय मात्रै दिने मानसायमा छ । सोही कारण माओवादीले सरकारबाट बाहिर हुने निर्णय गरेको छ । लोसपा पनि सरकारमा सहभागी नहुने अवस्थामा छ । अहिले लोसपा, जनमत र माओवादीका नेताहरु सरकारबारे उचित निर्णय लिनका लागि बैठकमा छन् । 

माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पार्टीबाट उद्योग, पर्यटन तथा वनमन्त्री बनेकी सुनिता यादवलाई फिर्ता बोलाइसकेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro