देश
काठमाडौं । नेपाल जेष्ठ प्राध्यापक समाजले नक्कली भु्टानी शरणार्थी प्रकरणले नेपालीको शिर निहुरिएको ठहर गरेको छ ।
समाजले विज्ञप्ति जारी गर्दै राष्ट्रघाति देशको शिर निहुराउने काममा संलग्नहरु दण्डित हुने विश्वास व्यक्त गरेको छ ।
“आज अरूलाई शरण दिने नेपाली नै नक्कली शरणार्थीका रूपमा दर्ज हुनु लाजमर्दो विषय हो । यसबाट आम नेपालीको शिर निहुरिएको छ । पछिल्लो समय नक्कली अवैध भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीको गर्विलो इतिहासमा कालो पोत्ने काम भएको छ । नेपाल र नेपालीको छवि विश्वसामु धुमिल हुनपुुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्