site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसले बजेट नपाएको भन्दै सांसद अमरेशको आपत्ति
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेसले बजेट नपाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले मन्त्री, प्रधानमन्त्री जहाँका बन्छन्, त्यहाँ मात्र बजेट जाने विडम्बना देशमा रहेको बताए ।

Dabur Nepal
NIC Asia

“गएको वर्ष पनि यही गठबन्धनको सरकार थियो । अर्थमन्त्री रुकुमका थिए, त्यहीँ बजेट गयो । गठबन्धनका पार्टनर थिए देउवा, डडेलधुरामा बजेट गयो । चितवनभन्दा पूर्व त बजेट झर्दै झरेन । यसपालि पनि संयोगले गोरखासम्म बजेट पुग्ला, त्यहाँभन्दा पूर्व त बजेट जाने सम्भावना नै छैन,” उनले भने, “त्यसकारण हामी मधेसकाले चित्त बुझाउनुपर्छ कि, यो देश हाम्रो लागि बनेको पनि हैन । बजेट पनि जाँदैन त्यहाँ ।”

उनले प्रधानमन्त्री र अर्थमन्त्री परिवर्तन हुँदा कर्मचारी सरुवा भए पनि कम्युटर किन परिवर्तन नगरेको ? भन्दै प्रश्न गरे । सोही कारण कर्मचारीले कपी पेस्ट मात्र गरेको भन्दै उनले आपत्ति जनाए ।

नीति एकातिर, कार्यक्रम अर्कोतिर र नियत अर्कैतिर भएको रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu