राजनीति

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताएका छन् । काभ्रेमा स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले सबै नागरिक संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।
"संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य हो," उनले भने ।
मन्त्री सिंहले गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको सुनाउँदै संघीयतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको बताए ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ २१:१४
प्रतिक्रिया दिनुहोस्