site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रममाथि एमालेबाट पहिले अध्यक्ष ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज छलफल हुँदै छ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिले बोल्ने भएका छन् । 

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए । 

उनले भने, “हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नुहुन्छ । समसामयिक विषयमा पनि बोल्नुहोला ।”

संसद्मा आजदेखि नीति तथा कार्यक्रममा छलफल हुँदै छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro