site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीतिमा एमाले
फाइल तस्बिर।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । 

आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । 

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको छ ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् । 

उनले सांसदहरुलाई त्यसको विरोधमा उभिन भनेका छन् । नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको भन्दै उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताएका छन् ।

उनले बैठकमा नीति तथा कार्यक्रमले अहिलेको आर्थिक, सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै संसद्मा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने पनि बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro