site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नीति तथा कार्यक्रम : पुँजीबजारमा गत वर्ष के थियो ? यो वर्ष के थपियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले पुँजीबजारको विकासका लागि गैरआवासीय नेपालीहरूको लगानी खुला गर्ने घोषणा गरेको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर २२ मा यस्तो व्यवस्था गरिएको छ । 

पुँजीबजारको विकासका लागि यो अघिल्ला वर्षहरूमा भन्दा फरक व्यवस्था गरिएको हो । लगानीकर्ताले पुँजीबजारको विकासका लागि गैरआवासीय नेपालीको लगानी खुला गर्न माग गर्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लगानीकर्ताको मागलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रममा सरकारले आगामी वर्ष पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने नीति लिएको छ । चालु वर्षमा सरकारले पुँजीबजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने नीति लिएको थियो ।

“पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिनेछ । पुँजीबजारमा गैरआवासीय नेपालीहरूलाई लगानी खुला गरिनेछ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिनेछ । गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,” आगामी आर्थिक वर्षका लागि सार्वजनिक नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेख छ ।

Global Ime bank

त्यस्तै, चालु आर्थिक वर्षका लागि गत वर्ष जारी भएको नीति तथा कार्यक्रममा उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने नीति लिएको थियो । तर, हालसम्म त्यो सम्भव भएन, कार्यान्वयन भएन भन्न पनि सकिन्छ ।

“पुँजीबजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिनेछ । आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिनेछ,” नीति तथा कार्यक्रम २०७९/८० को बुँदा नम्बर २० मा उल्लेख छ ।

प्रत्येक वर्ष नीति तथा कार्यक्रममा लोकप्रिय कार्यक्रम घोषण भए पनि अस्थिर सरकारका कारण यी कार्यक्रमले पूर्णता पाउन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement