site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको निर्णय बदर गर्दै स्वास्थ्यमन्त्रीले गरे आफूखुसी नियुक्ति
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्रीस्तरबाट भएको निर्णय बदर गर्दै नियमविपरीत नियुक्ति गरेको पाइएको छ । मन्त्री बस्नेतले यही जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गर्दै डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेका हुन् ।

karunakar ojha patra11684469409.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८० वैशाख १७ गते सो समितिको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरेका थिए । वैशाख २३ गतेदेखि लागु हुने गरी सिंहलाई नियुक्त गरिएको थियो ।

laxman singh11684469424.jpg

सो नियुक्ति बदर गर्दै बस्नेतले गएको बुधबार ओझालाई तीन वर्षका लागि नियुक्त गरेका हुन् ।

ओझालाई पठाइएको पत्रमा ‘डडेलधुरा अस्पताल विकास समिति गठन आदेश, २०७६ को दफा ३ को उपदफा (२) अनुसार मनोनीत गरिएको’ उल्लेख छ ।

सिंहको नियुक्ति जेठ ३ देखि नै बदर हुने पत्र समेत मन्त्रालयले पठाइसकेको छ ।

ojha badar11684469442.jpg

उक्त गठन आदेशको दफा ३ को (३) मा दफा २ अनुसार नियुक्त अध्यक्ष तथा सदस्यहरूको पदावधि तीन वर्षको हुने उल्लेख छ ।

सोही आदेशको दफा ६ मा पदबाट राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुनविपरीत भएमा वा गैरकानुनी काममा संलग्न भएको पुष्टि भएमा पद रिक्त हुने व्यवस्था छ ।

यस्तै, दफा ३ को उपदफा ४ मा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउन सक्ने अधिकार दिइएको छ । “उपदफा ३ मा जुनसुकै कुरा लेखिए तापनि अध्यक्ष वा मनोनीत सदस्यले आफ्नो पदअनुरूप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ,” उपदफा ४ मा उल्लेख छ ।

adg11684469457.jpg

सोही दफाको उपदफा ५ मा त्यसरी हटाइनुअघि अध्यक्ष वा सदस्यहरूलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ ।

तर, मन्त्री बस्नेतले गठन आदेशविपरीत सफाइको मौका नै नदिई सिंहलाई अध्यक्षबाट हटाएर हतारमा आफूखुसी नयाँ अध्यक्ष नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro