site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ३२ अंकले बढ्यो, एक महिनापछि अर्ब बढीको सेयर करोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२.३० अंकले बढेको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले वृद्धि भएर १८७७.३२ विन्दुमा रोकिएको छ ।

यस दिन कारोबार रकम पनि बढेको छ । एक दिनमै कारोबार रकम ६१ करोड ७१ लाख रुपैयाँले बढेको छ । एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक महिनापछि एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसअघि, गएको चैत ३० गते एक अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयताका कारोबार दिनहरूमा एक अर्बभन्दा कमको सेयर खरिद–बिक्री हुँदै आएको थियो ।

बिहीबार २६४ धितोपत्रका ४४ लाख २२ हजाार १८६ कित्ता खरिद–बिक्री भयो । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यो कम्पनी आठ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भयो । शिवम् सिमेन्टको सात करोड ११ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Global Ime bank

१० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छन् । शिवश्री हाइड्रोपावरको सेयर मूल्य ८.१४ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले वृद्धि भएको छ । व्यापार समूहको परिसूचक ३.७१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १.४८ प्रतिशतले वृद्धि भएर ३५८.१८ विन्दु कायम भएको छ । नेप्सेका अनुसार लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पुँजीकरण) २७ खर्ब ३८ अर्ब ७२ करोड कायम भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC