site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट टिमका खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकले जनही एक लाख दिने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सामाजिक सञ्जालमार्फत वाणिज्य बैंकले नेपाली टिमका खेलाडीलाई जनही एक लाख र टिमका अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको हो ।

वाणिज्य बैंकले नेपाली टिम एसिया कपमा छनोट भएका कारण नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । वाणिज्य बैंकले आगामी दिनमा पनि क्यानसँगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

नेपालले घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई फाइनलमा सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो । 

एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको नेपालले त्यहाँ समूह चरणको खेलमा भारत र पाकिस्तानसँग खेल्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro