site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुल्क तिर्न नसकेर विद्यार्थीले ज्यान गुमाउने अवस्थाको अन्त्य आवश्यक छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले क्याम्पसको शुल्क तिर्न नसकेर ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । 

उनले शिक्षा समितिले पनि यसमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । सोही प्रसंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए । 

Dabur Nepal
NIC Asia

“मैले आफ्नो जिल्लाका केही पालिकामा यसबारेमा भनिसकेको पनि छु । यो विभिन्न खाले प्राकृतिक विपद्मा म धेरै खटिरहने मान्छे हो । बाढी, पहिरो, कोभिडलगायतको जोखिमबाट मुक्त हुन स्वास्थ्य क्षेत्रमा लगानी बढाइ स्वास्थ्य सेवा सर्वसुलभ र बिस्तार गर्न जरुरी छ,” उनले भने । 

शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व ज्येष्ठ सदस्यको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईले गरेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro