site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अब ‘नमस्ते पे’ को क्यूआर कोडमार्फत बिल भुक्तानी गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका काउन्टरहरूमा क्यूआर मार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार एक कार्यक्रमकाबीच टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौं वाग्मती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा निर्देशक प्रधानले क्यूआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरेकी थिइन् । उनले भनिन्, “नेपाल टेलिकमले आफ्नो काउन्टरहरूमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्यूआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।”

Global Ime bank

कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, “डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौँ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।”

यससँगै अब नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा नमस्ते पे को क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय