site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारको आम्दानीभन्दा खर्च बढी, वैशाखमा पनि राजस्व संकलनले लक्ष्य भेटेन

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिना सकिएको छ । आर्थिक वर्षको १० महिनामा सात खर्ब ९७ अर्ब ३४ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तर, उक्त अवधिमा १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।

सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको बताइएको छ । अर्थतन्त्रमा समस्या आएको भन्दै सरकारले विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले गर्ने अन्य खर्च भने ऋण र वैदेशिक सहायताबाट पूर्ति गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षमा वैदेशिक सहायता र ऋण अपेक्षाअनुरूप आएन ।

Dabur Nepal
NIC Asia

यसले गर्दा पनि यो वर्षको वैशाख मसान्तसम्म बजेट घाटा दुई खर्ब ५० अर्ब ४१ लाख रुपैयाँ छ । अनिवार्य दायित्वतर्फ चालु आर्थिक वर्षको वैशाखसम्म सात खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ । अनिवार्य दायित्वमा सरकारले भुक्तानी गर्ने तलब भत्ता, सामाजिक सुरक्षा दैनिक कार्यालय सञ्चालन लगायत पर्छ ।

महालेखाका अनुसार सहायता र अन्य प्राप्तिबाहेक राजस्व संकलन भने सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ भएको छ । उक्त राजस्व संकलनले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न सक्ने स्थिति छैन ।

चालु वर्षमा सरकारले राखेको राजस्व लक्ष्य पूरा नहुने देखिन्छ । यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ५३.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो वर्षभरि नै अर्थतन्त्रमा दबाब परेकाले पनि राजस्व संकलनमा कमी आएको हो ।

अर्थतन्त्रमा चाप देखिँदा आर्थिक गतिविधि पनि अहिले सुस्त छ । सहरका चोक–चोकमा सञ्चालनमा आएका व्यापार–व्यवसायहरू अहिले बन्द छन् । त्यसले पनि चालु वर्षमा लक्ष्यको ७०–८० प्रतिशत मात्र राजस्व संकलन हुने अनुमान लगाउन सकिन्छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म सहायताबापत चार अर्ब ८० करोड २० लाख रुपैयाँ प्राप्त भएको महालेखाले जनाएको छ । यो अवधिमा पुँजीगत खर्च लक्ष्यको ३३ प्रतिशत भएको छ ।

महालेखाका अनुसार वैशाख मसान्तसम्म पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ भएको छ । चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

वैशाखमा राजस्व संकलनले लक्ष्य भेटेन

सरकारले चालु आर्थिक वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाखमा ७२ अर्ब ८७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखाले जनाएको छ । 

यस महिना लक्ष्यभन्दा ४२ अर्ब ९० करोड ८५ लाख रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । गत चैतमा एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro