site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा
तस्बिर : एएफपी ।

यांगुन । मध्य म्यानमारको एउटा सहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा (एकैदिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ ।

मध्य म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार त्यहाँ १६१ मिमि वर्षा रेकर्ड गरिएको छ ।

चक्रवात ‘मोखा’का कारण अहिले उक्त देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम विज्ञान विभागले जनाएको छ ।

बंगलादेश–म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोखाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमारको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर)सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro