site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रचण्डसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड’लाई भ्रष्टचारीहरूलाई कानुनको दायरामा ल्याउने विषय राम्रो भएको भन्दै यसलाई टुंगोमा पुर्याउन आग्रह गरेको छ । पार्टीले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नक्कली भुटानी शरणार्थीको प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्न अनुरोध गरेको महामन्त्री धवलशमशेर जबराले जानकारी दिए ।
 
“सदन, सडक दुवैतिर दबाब बढेको छ । जनताले हेरिरहेका छन् त्यसकारण खुट्टा नकमाउनुहोला, राप्रपा तपाईंको साथमा छ भनेर आएका छौँ,” महामन्त्री जबराले भने ।
 
जवाफमा प्रचण्डले आफू यो प्रकृयाबाट अलिकति पनि पछि नहट्ने बताएको उनले जानकारी दिए । अन्तरराष्ट्रिय समुदायले पनि हेरिरहेको भन्दै आफू कुनै प्रभाव र दबाबमा नपर्ने प्रचण्डले बताएका थिए ।
 
“म पछि हट्न सक्दिन । यो विषयमा देश/विदेशबाट नियालिरहेका छन् भन्नु भयो,” प्रचण्डको भनाइ उधृत गर्दै जबराले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro