site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगलले १८० देशमा उपलब्ध गरायो आफ्नो एआई च्याटबोट बार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबोट बार्ड १८० देशमा उपलब्ध गराएको छ । कम्पनीले बुधबार आयोजित वार्षिक डेभलपर्स सम्मेलन गुगल आई/ओ २०२३ का अवसरमा बार्डको वेटलिस्ट हटाउँदै सबैका लागि उपलब्ध गराएको हो ।

यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले थप सुधार र नयाँ सुविधा थप्नेक्रम जारी राख्दा बार्डलाई धेरै मानिसको प्रयोगमा ल्याउन चाहन्छौँ, ताकि तिनीहरूले यसलाई चलाउन सकून् र हामीलाई उनीहरूको प्रतिक्रिया मिलोस् । त्यसैले आज हामी वेटलिस्ट हटाइरहेका छौँ र १८० भन्दा बढी देश र क्षेत्रमा बार्ड उपलब्ध गराउँदै छौँ,” उनले लेखेकी छन् ।

गुगलका वरिष्ठ प्रडक्ट निर्देशक एवं बार्डका प्रमुखमध्येका एक जोन क्राउजिकले पनि च्याटबोटको कोरियाली र जापानी संस्करण पनि चाँडै आउँने र यो ४० भाषामा उपलब्ध हुने बताएका छन् । अहिले बार्ड अंग्रेजी भाषामा मात्र उपलब्ध छ ।

Global Ime bank

उनले सुरक्षा उपायका साथ अरू भाषामा बार्ड अलग अलग रूपमा सार्वजनिक हुने बताएका छन् ।

सन् २०२२ को नोभेम्बरमा ओपन एआईले सार्वजनिक गरेको च्याटजीपी च्याटबोटले छोटो समयमै ठूलो चर्चा पाएको थियो । विश्वभर यो करोडौँ मानिसको प्रयोगमा आएको छ । त्यसपछि गुगल र अरू विभिन्न टेक कम्पनीहरूले आफ्नै एआई च्याटबोट बनाउन थालेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC