site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय क्रिकेट टोलीका फिजिओ ट्रेनरको उपचार गर्न ब्याट लिलामी 

विराटनगर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका फिजियो ट्रेनर अब्दुल सत्तारको उपचारका लागि विराटनगरका औद्योगिक संस्थाले सात लाख रुपैयाँ सहयोग गरेका छन् । उनको उपचारका लागि थप सहयोग जुटाउन राष्ट्रिय खेलाडीले विराटनगरमा ब्याट लिलामी समेत गरेका छन् ।

एसिया कप प्रतियोगितमा छनोट भएका टिमका खेलाडीलाई सम्मान गर्न बुधबार राति विराटनगरमा आयोजित कार्यक्रममा प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहितकुमार पौडेल र विनोद दासलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

खेलाडीलाई सम्मान गरेका नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उपचारका लागि सहयोग रकम जुटाएका हुन् ।

Dabur Nepal
NIC Asia

सत्तारको उपचारका लागि खेलाडीको हस्ताक्षरसहितको मायाको चिनो क्रिकेट ब्याट लिलामी गरिएको छ । विराटनगरका उद्योगी अमित राठीले एक लाख ५१ हजार रुपैयाँमा उक्त ब्याट खरिद गरेका छन् ।

सत्तार केही समयदेखि बिरामी भई हाल उपचाररत छन् ।

राष्ट्रिय टोलीका म्यानेजर विनोद दासले खेलाडी भएर जीविकापोर्जन गर्न समस्या हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै भने, “यहाँ राजनीति गर्दै नेता भएर अघि बढ्न सकिन्छ । तर, नेताले खेलाडीलाई सक्दो सहयोग गर्नु हुन्न । हामीले देशको लागि खेल्ने हो । देशले हाम्रोबारे सोच्नुपर्‍यो ।”

क्रिकेट खेलाडी पारस लुनियाले खेलाडीलाई बाँच्ने आधार बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए । “खेल खेलेरै जीवन धान्न सकियोस् । बिरामी पर्दा उपचार गर्न सकियोस्,” लुनियाले भने ।

एसीसी प्रिमियर कपको विजेता भएपछि क्रिकेट खेलाडीलाई विराटनगर बोलाई नगर परिक्रमा र सम्मान गरिएको हो । दिउँसो नगर परिक्रमपछि बुधबार राति रात्रिभोजसहित खेलाडीलाई सम्मान गरिएको थियो ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशका मन्त्रीहरूले खेलाडीले देशको गौरव बढाएको भन्दै प्रशंसा गरे । त्यस अवसरमा युवा खेलाडी दिपेश कँडेललाई अरिहन्त समूहले अलग्गै थप सम्मान गरेको थियो ।

मुख्यमन्त्री कार्कीले धेरै लामो समयदेखि अपुरो रहेको विराटनगरको बैजनाथपुर खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बताए । आउँदो तीन वर्षभित्र क्रिकेट मैदान बनाइसक्ने उनको भनाइ छ ।

“यही आर्थिक वर्षदेखि काम सुरु भई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिसक्नेछौँ,” उनले भने, “यसको सबै बजेट र निर्माणको काम प्रदेश सरकारले गर्नेछ ।”

मैदान निर्माणमा प्रदेश सरकारले स्थानीय र केन्द्रीय सरकारसँग पनि समन्वय गर्ने मुख्यमन्त्री कार्कीले सुनाए ।

मुख्यमन्त्री कार्कीले खेलाडीलाई प्रदेश सरकारले सहयोग गर्ने बाचा गरे । “भारत, पाकिस्तानविरुद्ध सगरमाथाको झौ छाती फुकाएर खेल्नुहोला । कोसी प्रदेश सरकारले खेलाडी खेलका लागि के कस्तो सहयोग गर्नुपर्ने सुरुआतबाट तयार छ,” उनले भने ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य संघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले खेल र खेल मैदानको विकासका लागि सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro