site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयले भन्यो– दादुराको संक्रमण बढ्यो, होस् नपुर्‍याए अकालमै ज्यान जान सक्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा रोगको संक्रमण बढ्दै गएको बताएको छ । दादुराको संक्रमण बढ्दै गएकाले यसबाट बच्न सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । 

दादुराबाट सतर्क नरहे मृत्युसमेत हुनसक्ने मन्त्रालयले स्पष्ट पारेको छ । “दादुरा रोग लाग्नबाट होस् नपुर्याए अकालमै ज्यान जान सक्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ । 

Dabur Nepal
NIC Asia

उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हुनु, नाकबाट पानी बग्नु, शरीरमा राता मसिना बिमिराहरू देखिनु दादुराका लक्षणहरू हुन् । 

दादुरा रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, निमोनिया हुने, आँखामा समस्या भई अन्धोपन हुनेजस्ता समस्या देखिन सक्छ । मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण दादुराबाट मृत्यु पनि हुन सक्ने मन्त्रालयले जनाएको छ । 

दादुरा भएको शंका लाग्ने लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro