site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकदिन पनि टिकेन लगानीकर्ताको उत्साह
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबारको तुलनामा नेप्से परिसूचक २.४३ अंकले घटेको छ । आज कारोबार रकम पनि १८ करोड ५६ लाख रुपैयाँले घटेको छ ।

आज ५८ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत कारोबार दिन ७७ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से परिसूचकसँगै कारोबरा रकममा कमी आउँदा लगानीकर्ता अहिले सेयर बजारप्रति सकारात्मक देखिँदैनन् । उनीहरू आगामी बजारको पर्खाइमा रहेको जस्ता पनि देखिन्छ ।

नेप्से परिसूचक ०.१३ प्रतिशत घटेर १८४१.९३ विन्दुमा रोकिएको छ । यसदिन २६५ धितोपत्रको १९ लाख ४२ हजार ६२६ कित्ता खरिदबिक्री भएको हो । यसदिन परिसूचक सर्वाधिक वृद्धि हुनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेको  छ । यो कम्पनीको सेयरमूल्य ८.२४ प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको हिमाल दोलखाको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक यस दिन सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ०.६ प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय