site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित आइतबार देशभर वर्षा हुने, एक/दुई स्थानमा भारीसम्म सम्भावना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ । शनिबार (आज) पनि लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

शनिबारको तुलनामा आइतबार (भोलि) वर्षाको सम्भावना बढी छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “देशभर बदली (आकाशमा बादल) हुनेछ । अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसोतिर वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

“भोलि काठमाडौंमा पनि वर्षाको सम्भावना छ । बिहान ९–१० बजेतिर प्रणाली विकास हुने र दिउँसोतिर वर्षा हुने देखिन्छ । साँझतिर पनि केही सम्भावना छ,” उनले भने, “हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”

Royal Enfield Island Ad

सोमबार (पर्सि) पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । आइतबारभन्दा तुलनात्मक रूपमा सोमबार केही कम वर्षाको सम्भावना रहेको उनले बताए ।

“सोमबार पनि वर्षाको सम्भावना छ । तर, तुलनात्मक रूपमा आइतबारभन्दा सोमबार कम वर्षाको सम्भावना छ,” मौसमविद् झाले भने । काठमाडौंमा पनि सोमबार पानी पर्ने उनले स्पष्ट पारे ।

सोमबारपछिको मौसमका विषयमा अहिल्यै स्पष्ट भन्न नसकिने उनले बताए । तर, त्यसपछि पानी पर्ने क्रम कम हुन सक्ने उनको भनाइ छ । “अहिले हेर्दा कम हुँदै जाने देखिन्छ । तर, त्यति बेला कुनै अर्को प्रणाली आए वा गतिविधि बढे फरक हुनसक्छ,” उनले भने ।

हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायु बढी सक्रिय छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०८१ बैशाख २९ गते साँझ ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ बैशाख २९ गते (शनिबार)

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ बैशाख ३० गते (आइतवार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८१ बैशाख ३१ गते (सोमवार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले  त्यस  क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro