site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ ‘रिजल्ट’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधबार बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ १० कित्ताका दरले एक लाख २६ हजार ८६३ जनाले प्राप्त गरेका छन् । जसमध्येबाटै नौ जनाले थप एक–एक कित्ता आईपीओ प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ जनाले एक करोड २८ लाख ४३ हजार २३० कित्ता आईपीओ माग गरेका थिए । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणलाई १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको थियो । 

उक्त आईपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तयार पारेको मेरो सेयर आईपीओ वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट नेपाल एसबीआई मर्चेन्टको वेबसाइट र मेरो सेयरबाट पनि हेर्न सकिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय