site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा  
Tiktok banner adTiktok banner ad

काठमाडौं । घरेलु मैदानमा मुम्बई इन्डियसविरुद्ध १८ रनको जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ स्थान पक्का गरेको छ । 

शनिबार इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले १६ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । खेलअघि भएको वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई १६ ओभरमा झारिएको थियो ।

मुम्बईका ओपनर इशान किसनले ४० रन बनाए । तिलक वर्माले ३२, रोहित शर्माले १९, नमन धिरले १७ र सूर्यकुमार यादवले ११ रन जोडे ।

कोलकाताका  हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान समान दुई  विकेट लिए । यस्तै, सुनिल नारायणले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित १६ ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो । कोलकाताका वेंकटेश अय्यरले ४२ रन बनाएका थिए । नितिश रानाले ३३, आन्द्रे रसेलले २४, रिन्कु सिंहले २० र रमनदीप सिंहले अविजित १७ रन बनाए ।

मुम्बईका जसप्रित बुमराहर र पियुष चावलाले समान दुई विकेट लिए । यस्तै, नुवान थुसारा र अंशुल कम्बोजले समान एक विकेट लिए ।

जितसँगै १२ खेलमा १८ अंक जोडेको कोलकाताले शीर्ष स्थानमा रहदै प्लेअफमा स्थान निश्चित गरेको हो। १३ खेलबाट आठ अंक जोडेको मुम्बई तालिकाको नवौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro