site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगरमा सम्मान

विराटनगर । राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई कोसी प्रदेशको राजधानी विराटनगरमा सम्मान गरिएको छ । एसिया कप छनोटअन्तर्गत भएको लिग टु स्पर्धामा उपाधि विजेता भई एसिया कपमा छनोट भएको टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले सम्मान गरेको हो ।

विराटनगर विमानस्थलबाट राष्ट्रिय टिमका खेलाडीलाई स्वागतसहित विराटनगर परिक्रमा गराइने तय गरिएको छ । विमानस्थलमा औधोिगक संस्थका पदाधिकारी र सर्वसाधारणले राष्ट्रिय खेलाडीहरुलाई स्वागत गरेका छन् । 

346100823_5680320392068729_9054347633968460923_n1683704535.jpg

खेलाडीहरूलाई कंचनाबारी चोकबाट र्रयालीसहित बरगाछी, तीनपैनी चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछीसम्म लगिनेछ । 

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटको इतिहासमा ठूलो उपब्धि भएकाले खेलाडीलाई औद्योगिक क्षेत्रको तर्फबाट सम्मान गरिएको बताएका छन् । आज साँझ विराटनगरमा रात्रिभोजसहित खेलाडीको सम्मानमा कार्यक्र गर्ने संगठनले जनाएको छ ।

346114528_1327585977789975_3452948260207484926_n1683704483.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro