site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महँगी ७.७६  प्रतिशतले बढ्यो, काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको चैतमा बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.२८ प्रतिशत थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको  मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

Global Ime bank

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगी छ । गत वर्षको सोही समयमा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८. २५ प्रतिशत महँगी थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय