site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री महतले भने अनुसारको खुकुलो मौद्रिक नीति लिन नसकिने आइएमएफको निचोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले खुकुलो मौद्रिक नीति लिने बेला नभएको जनाएको छ ।

अर्थमन्त्री प्रकाशरण महतले अर्थतन्त्र सुधारको लागि खुकुलो मौद्रिक नीति लिनुपर्ने अभिव्यक्ति दिएका छन् । महतले संसद् तथा सार्वजनिक कार्यक्रममा अर्थतन्त्र सुधारको लागि खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने बताएका थिए ।

मंगलबार आइएमएफले पत्रकार सम्मेलन गर्दै नेपालले अझै खुकुलो मौद्रिक नीति लिने बेला नभएको बताएको छ । आइएमएफका नेपाल मिसन प्रमुख टुरुनेन जार्कवले तथ्यांकले खुकुलो मौद्रिक नीति लिने बेला नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कस्तो मौद्रिक नीति लिने भन्ने कुरा केन्द्रीय बैंकको स्वायत्त निर्णय हो,” जार्कवले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, “लचिलो मौद्रिक नीति परिवर्तन भएपछि नेपालको विदेशी विनिमय सञ्चितिमा सुधार भएको हो।”

अहिलेपनि मुल्यवृद्धि अर्थतन्त्रको लागि चुनौति भएको भन्दै आइएमएफले लचिलो मौद्रिक नीति लिने बेला नभएको उल्लेख भएको हो ।

Global Ime bank

सामान्य भाषामा केन्द्रीय बैंकले ब्याजदर घटाउने र पैसाको आपूर्ति बढाउने नीतिलाई लचिलो मौद्रिक नीति लिने भनिन्छ । कडा मौद्रिक नीति त्यसको विपरित ब्याजदर बढाउने बजारमा पैसा आपूर्ति कम गर्नको लागि लिने गरिन्छ ।

आइएमएफले नेपालका बैंकहरूको कर्जाको गुणस्तरमा समेत प्रश्न उठाएको छ । आइएमएफको दबाबपछि बाह्य लेखापरीक्षणबाट ठूला १० वटा बैंकको लेखापरीक्षण विदेशी फर्मबाट हुने भएको छ ।

बैंकहरूले खराब कर्जा लुकाउन ऋणीलाई थप ऋण दिने गरेको र खराब कर्जाको स्थिति बाहिर नआएको आइएमएफले जनाएको छ ।

आइएमएफले आर्थिक विकासको लागि मौद्रिक नीतिभन्दा वित्त नीतिमा सुधार गर्न सुझाव दिएको छ । आइएमएफ नेपाल मिसन प्रमुख जाकर्वले गुणस्तरिय विकास खर्च बढाउन तथा वित्त नीतिलाई सुधार गर्न सरकारलाई सुझाव दिए ।

आइएमएफको हालैको बोर्ड बैठकले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत पाँच करोड २८ लाख लाख अमेरिकी डलर ऋण दिने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय