site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लाउरेस अवार्डमा मेसी उत्कृष्ट, अर्जेन्टिनाले जित्यो ‘बेस्ट टिम’को अवार्ड

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लाउरेसको वर्ष खेलाडी– २०२२ चुनिएका छन् । टेनिसका राफेल नाडाल, फुटबलकै काइलियन एमबाप्पे र बास्केटबलका स्टेफेन करीलाई पछि पार्दै मेसी लाउरेसको वर्ष खेलाडी चुनिएका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ३५ वर्षीय फरवार्ड मेसीले खेलकुदको ओस्कार मानिने लाउरेस अवार्ड दोस्रोपटक जितेका हुन् । यो अवार्ड मेसीले सन् २०२० मा पहिलोपटक जितेका थिए । त्यस बेला मेसी फर्मुला वानका लेविस हेमिटनसँगै संयुक्त रूपमा वर्ष खेलाडी चुनिएका थिए ।

Dabur Nepal
NIC Asia

पेरिसको पभिलोन भेन्डोममा आयोजित अवार्ड समारोहमा मेसी श्रीमती एन्टेनोलासँगै पुगेका थिए । गत वर्ष यो अवार्ड फर्मुला वानका म्याक्स भस्र्टाप्पेनले जितेका थिए ।

345603589_959619585070612_1982604854444351153_n (1)1683619435.jpg

लाउरेस अवार्डमा मेसीकै कप्तानीमा रहेको अर्जेन्टिना २०२२ को उत्कृष्ट टिम चुनियो । स्पेनिस फुटबल क्लब रियाल मड्रिड र अमेरिकी बास्केटबल क्लब गोल्डेन स्टेट वारियर्सलाई पछि पार्दै अर्जेन्टिना वर्षको उत्कृष्ट टिम चुनिएको हो ।

अर्जेन्टिनाले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि उचालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro